पोखरा । काठमाडौं महानगरपालिका ६ बौद्व नयाँबस्तीमा एक विदेशी नागरिक मृतअवस्थामा फेला परेका छन् ।
नयाँबस्तीमा बस्दै आएका फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
एसईई परीक्षा वैकल्पिक माध्यमबाट गर्ने निर्णय
कोभिड १९ का कारण रोकिएको एसईई परीक्षा वैकल्पिक माध्यमबाट गर्ने निर्णय गरेको छ भने कक्षा १२ को परीक्षा भौतिक रुपमा नै गर्न सिफारिस गरिएको छ ।
बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा हुन्छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको थियो । कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरेको अध्यक्ष पौडेलले जानकारी दिए । उनले भने, परीक्षाको वैकल्पिक मूल्यांकन गर्ने विधि बनाउनका लागि सरकारबाट स्वीकृत आवश्यक परेकोले विधि बनाउने स्वीकृति लिनको लागि सिफारिस गरेका हौँ ।
कोरोना संक्रमणको जोखिम बढेदै गएपछि बार्डले गत वैशाख २७ गते १२ कक्षा र एसईई परीक्षाको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो । बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसइई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।
१२ कक्षाको परीक्षा पर्खने कक्षा १२ को वार्षिक परीक्षाको लागि भने तत्काल केही निर्णय नभएको पौडेलले बताए । उनले भने, कोरोना महामारीको संक्रमण दरपनि केही दिनदेखि कम भइरहेकाले १२ कक्षाको परीक्षाको लागि केही समय पर्खन्छौँ । १२ कक्षाको परीक्षा कुन विधिबाट गर्ने भन्ने विषयमा छलफल चलिरहेपनि अहिले निर्णय भने नभइसकेको उनको भनाइ छ ।