Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सडक अवरुद्ध हुँदा स्याङ्जामा सङ्क्रमितलाई लिन गएको टोली रोकियो

सडक अवरुद्ध हुँदा स्याङ्जामा सङ्क्रमितलाई लिन गएको टोली रोकियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १६, २०७८ आइतवार • १६:२२:२२ बजे
  • 1.3K
    SHARES
  • सडक अवरुद्ध हुँदा स्याङ्जामा सङ्क्रमितलाई लिन गएको टोली रोकियो

    स्याङ्जा । केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ ।

    images

    पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् । हुलकाङस्थित फूलबारीमा कोरोना सङ्क्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पु-याउनका लागि लिन गएका वालिङ ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् । वालिङ १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिए ।

    लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology