Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा १७ जनामा कोरोना पुष्टि,चारजनाको निधन [विवरण सहित]

तनहुँमा १७ जनामा कोरोना पुष्टि,चारजनाको निधन [विवरण सहित]

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १६, २०७८ आइतवार • १७:५०:१४ बजे
  • 2.2K
    SHARES
  • तनहुँमा १७ जनामा कोरोना पुष्टि,चारजनाको निधन [विवरण सहित]

    तनहुँ । तनहुँमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण भाइरस पुष्टि भएको छ ।जिल्लाका ९६ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

    images

    अघिल्लो दिन शनिबार भने जिल्लाभर ६४ जनामा संक्रमण पुष्टि भएको थियो । यसै गरी तनहुँका चार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउनेमध्ये व्यास २ का ४६ वर्षका पुरुषको फेवा सिटी अस्पताल पोखरामा,आँबुखैरेनी २ की ४३ वर्षिया संक्रमितको शनिबार गण्डकी मेडिकल कलेजमा, भिमाद ९ का ४८ वर्षका संक्रमितको शनिबार चरक मेमोरियल अस्पताल तथा शुक्लागण्डकी ७ का ५६ वर्षिय संक्रमितको शनिबार गण्डकी मेडिकल पोखरामा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology