बेनी/कोभिड १९ को दोस्रो भेरियन्ट फैलिय संगै बेनी नगरपालिका ३ भकिम्लीमा कोरोना संक्रमण आक्रमक रुपमा फैलिए पछि वडाकार्यलय,प्रबासी भकिम्लीबासी,स्वास्थ्य कार्यालय तथा स्थानिय युवाहरुको सक्रियतामा कोरोना नियन्त्रणका लागी बिशेष अभियान चलाईएको छ।
भकिम्लीका सबै बस्तीमा रहेका कोरोना संक्रमतिको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न र शरीरमा अक्सिजनको मात्रा नाप्न १५ जनास्वंयमसेवकको साथमा हुने गरी अक्सिमिटर १५ थान, थर्ममिटर १५ थान, फेससिल्ड, मेडिकल पञ्जा सहित आवश्यक साम्रागी उपलब्धगराइएको स्थानीय यूवा समाजसेबी पूर्णबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयमार्फत स्वास्थ्य चौकीलाई दुईवटाठूलो अक्सिजन सिलिण्डर सहित आवश्यक थप उपकरणहरू समेत खरिद गरिएको बताउनुभयो ।
कोरोना संक्रमित बिरामीहरुको लागी स्वास्थ्यको गम्भिरता लाई ख्याल गरी जिल्ला अस्पताल म्याग्दीमा पुर्याउनका लागी एउटा मोबाईल गाडी र स्थानिय स्वास्थ्यकर्मीलाई संक्रमित बिरामीको उपचारमा सहजताको लागी मोटरसाईकल समेत चौबिसै घण्टातयारी अबस्थामा राखिएको वडा अध्यक्ष पदम पुन ले जानकारी दिनु भएको छ।
वडाको प्राय:बिकाश निर्माण स्कुल,बाटो,लगाएतका सामजिक कार्यहरुमा सॅधै एक जुट हुने भकिम्ली बासीहरु यस पालीको यो कोरोना महामारीमा पनि फेरी एक जुट भएर आफ्नो समस्या आफै समाधान गर्न सक्छौ भन्ने नयॅा सन्देश दिएका छन। सदाजस्तै यसपाली पनि प्रबासमा रहेका भकिम्लीबासीहरुले महामारीको बिरुद्द जुधेर आफ्नो गॅाउ समाज र परिवारलाई सुरक्षित राख्न मनखोलेर सहयोग गरेको र आबश्यकता अनुसार उक्त सहयोग अझै बढाएर जाने रोजगारको शिलशिलामा अमेरिकामा रहनु भएका तारामिलन छन्त्यालले बताउनुभयो।