Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउदी र अरवमा लामो समय बिताएर फर्किएका तनहुँका सुनारी बङ्गुर पालनमा

साउदी र अरवमा लामो समय बिताएर फर्किएका तनहुँका सुनारी बङ्गुर पालनमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • ११:१२:१६ बजे
  • 1.8K
    SHARES
  • साउदी र अरवमा लामो समय बिताएर फर्किएका तनहुँका सुनारी बङ्गुर पालनमा

    तनहुँ। जिल्लाको देवघाट गाउँपालिका २ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गरेका छन् । साउदी अरब र कतारमा लामो समय बिताएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गरेका हुन् ।

    images

    गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उनले बताए । श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उनको भनाइ छ ।

    धेरै क्षेत्रको अनुभव बटुलेका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्ने उद्देश्यले व्यवसाय थालेको बताए । उनको फार्ममा अहिले ल्याडेस, धराने कालो बङ्गुर, दिउरोग गरी सात पाठी र सय प्रतिशत जातको चार वीर पाठा छन् ।

    बङ्गुर पालनसँगै भविष्यमा माछा पालन, बोइलर तथा लोकल कुखुरा पालन गर्ने योजना रहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # बङ्गुर पालन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology