Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सोमबार पोखराका यी क्षेत्रहरुमा ८ घण्टा (साझँ ६ बजे) सम्म विद्युत अवरुद्ध हुने

सोमबार पोखराका यी क्षेत्रहरुमा ८ घण्टा (साझँ ६ बजे) सम्म विद्युत अवरुद्ध हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • ११:५५:५६ बजे
  • 2.8K
    SHARES
  • सोमबार पोखराका यी क्षेत्रहरुमा ८ घण्टा (साझँ ६ बजे) सम्म विद्युत अवरुद्ध हुने

    पोखरा । सोमबार पोखराका विभिन्न क्षेत्रहरुमा ८ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

    images

    पोखरा बितरण केन्द्रका अनुसार फेवा फिडर अन्तर्गत पर्ने तिनकुने चोक देखि छोरेपाटन चोक सम्म ११ केभि लाइनको मर्मत सम्भार तथा न्यु मिलिनियम स्कुल अगाडी रूख काट्नको लागि विहान १०:०० देखी साझँ १८:०० सम्म उक्त फिडर अन्तर्गत लोड सेन्टर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने जनाएको छ ।

    केन्द्रका अनुसार तिनकुने चोक, म्युजियम, हनुमान टोल, पाल्पाली बस्ती- वडा नम्बर १७ को हेल्थ पोस्ट - साङ्गरिला कुलो - आँखा हस्पिटल - घारिपाटन ट्याक्सी चोक, राम मन्दिर, पाल्पाली मार्ग, विद्यानिकेतन, कृस्ति, भरत पोखरी, निर्मल पोखरी, पुम्दीभुम्दी, चापाकोट, पामे, १७ नं वडा कार्यालय, वरालफिड, बालोदय स्कुल, डेभिज फल, छोरेपाटन, टिबेटियन क्याम्प, शितल चौतारा वरिपरि एरियामा विद्युत अवरुद्ध हुने जानकारी छ ।

    केन्द्रले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमा माग्दै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारी गराएको छ ।

  • सम्बन्धित विषय:

  • # विद्युत अवरुद्ध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology