¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको उपचारको क्रममा निधन भएको छ ।
वीरगञ्जको कोभिड विशेष अस्पतालमा भर्ना भएकी बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षकी किशोरीको मृत्यु भएको हो ।बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको र उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा। निरज सिंहले जानकारी दिए ।
त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।‘पखाला लाग्ने र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो’ डा। निरज सिंहले, ‘उहाँलाई बचाउन सकेनौं, पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आइसकेको छैन ।’
इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ
गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।