Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दी र काठमाण्डौमा ९३ र ९६ वर्षीय वृद्धाले जिते कोरोना

म्याग्दी र काठमाण्डौमा ९३ र ९६ वर्षीय वृद्धाले जिते कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • १८:३३:३९ बजे
  • 2.5K
    SHARES
  • म्याग्दी र काठमाण्डौमा ९३ र ९६ वर्षीय वृद्धाले जिते कोरोना

    पोखरा । काठमाडौं सिनामंगलकी ९३ वर्षिय सुशिला भुजेलले कोरोना जितेकी छिन । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत वैशाख २४ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् ।

    images

    २४ दिनपछि हिजो आइतबार परीक्षण गर्दा उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर फर्किएकी हुन् । उनले कोरोना संक्रमणका कारण आफूलाई कुनै ठूलो समस्या नदेखिएको बताइन् ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिका ४ दग्नाम निवासी ९६ वर्षीय वृद्धा कोरोनामुक्त भएकी छन्। दग्नामको कान्छी गाउँकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन्। सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो।

    एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमण मुक्त भएपछि उनलाई घर पठाइएको गाउँपालिकाको कोभिड १९ अस्पतालका डा सन्तोषप्रसाद बोहराले बताए। उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार गर्र्यौं, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ डा बोहराले भने।

    अस्पतालसम्म ल्याइ पुर्याउँदा मानिस चिन्नसमेत छाडिसकेकी वृद्धा आमाले कोरोना सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्केको पुनका छोरा खिमबहादुर पुनले बताए। अस्पतालको उपचारबाट हामी खुसी छौँ, शुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ उनले भने।

  • सम्बन्धित विषय:

  • # वृद्धाले जिते कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology