तनहुँ। पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना संक्रमणबाट चार जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा तनहुँ शुक्ला गण्डकी ८ की ३५ वर्षीय महिला, शुक्लागण्डकी ८ का ६५ वर्षीय पुरुष, शुक्लागण्डकी ९ का ३२ वर्षीय पुरुष, ब्यास ७ की ४९ महिला रहेका छन ।
उनीहरु चारैजनाको पोखरा स्थित विभिन्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
यसै गरी पछिल्लो २४ घण्टामा तनहुँमा ६१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका थप १७ कास्कीमा ४,लमजुङ १, तनहुँ ४, नवलपरासी पूर्व ३ म्याग्दी १, स्याङजा २ र बागलुङमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।गण्डकी प्रदेशमा थप ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ८४० जनामा कारोना संक्रमण देखिएको हो ।
आइतबार प्रदेशमा कोरोना संक्रमितको संख्या घटेर ५४० पुगेकामा सोमबार थप ३०० जना बढी अर्थात ८४० संक्रमित पुगेका हुन् । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षण ३५१ पुरुष र ४९१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा १५६, म्याग्दी ३८, स्याङ्जा ६७, बाग्लुङ ११०, पर्वत ३६, तनहुँ ६१, गोरखा २४०, लमजुङ ३७ र नवलपुरमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ हजार ५२४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९५९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ