Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा ६४९१ जना संक्रमणमुक्त, ४७६२जनामा पुष्टि ११४ जनाको मृत्यु

नेपालमा ६४९१ जना संक्रमणमुक्त, ४७६२जनामा पुष्टि ११४ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • १९:२६:४० बजे
  • 1.1K
    SHARES
  • नेपालमा ६४९१ जना संक्रमणमुक्त, ४७६२जनामा पुष्टि ११४ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार चार सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर संक्रमणमुक्त हुनेको संख्या चार लाख ४७ हजार चार सय ४६ पुगेको छ ।

    images

    पछिल्लो २४ घन्टामा एक सय १४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या सात हजार तीन सय ८६ पुगेको छ । पछिल्लो २४ घन्टामा १५ हजार ५५ पिसिआर र दुई हजार चार सय २५ एन्टिजेन परीक्षणमा चार हजार सात सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    हाल देशभर एक लाख ६ हजार चार सय ७० जना सक्रिय संक्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology