Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरा २३ हर्पन खोलाको किनारमा एक युवक मृत अवस्थामा फेला

पोखरा २३ हर्पन खोलाको किनारमा एक युवक मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • १९:५०:०४ बजे
  • 913
    SHARES
  • पोखरा २३ हर्पन खोलाको किनारमा एक युवक मृत अवस्थामा फेला

    पोखरामा २३ हर्पन खोलाको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन् । चितवन घर भई पोखरा महानगरपालिका २३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४३५ वर्षीय श्री बिक बाम्दी हर्पन खोलाको किनारमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    images

    बिकको शव सोमबार बिहान करिब सवा १० बजे खोलाको किनारमा फेला परेको प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    पोखरामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु ,१५६ जनामा पुष्टि

    पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा ११ जना र एक जनाको होम आइसोलेशनमा तीन जनाको चितवनमा बागलुङ र म्याग्दीमा एकएक जना गरी गण्डकी प्रदेशका थप १७ कास्कीमा ४,लमजुङ १, तनहुँ ४, नवलपरासी पूर्व ३ म्याग्दी १, स्याङजा २ र बागलुङमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    पोखरा १ की ६७ वर्षीय महिला, पोखरा ११ का ३५ वर्षीय पुरुष, पोखरा ११ का ६० वर्षीय पुरुष, पोखरा २९ का ८४ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार ९ की ७० वर्षीय महिला, म्याग्दीको मंगला १ का ३९ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिकाकी २५ वर्षीय महिला, बागलुङ २ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यसैगरी तनहुँ शुक्ला गण्डकी ८ की ३५ वर्षीय महिला, शुक्लागण्डकी ८ का ६५ वर्षीय पुरुष, शुक्लागण्डकी ९ का ३२ वर्षीय पुरुष, ब्यास ७ की ४९ महिला, स्याङजा गल्याङ २ का ४८ वर्षीय पुरुष, वालिङ ९ का ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यस्तै नवलपरासी पूर्व गैडाकोट १७ की ६० वर्षीय महिला, कावसोती ३ की ५६ वर्षीय महिला र कावसोती ८ का ४१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७८ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology