Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रमदान गर्दै सिडियो

दुई सहायक सिडियोलाई प्रशाशनिक र राहतमा खटाएर सेना र प्रहरी सङ्ग श्रमदान गर्दै सिडियो

दुई सहायक सिडियोलाई प्रशाशनिक र राहतमा खटाएर सेना र प्रहरी सङ्ग श्रमदान गर्दै सिडियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७७ शुक्रवार • २०:२१:१७ बजे
  • 3.0K
    SHARES
  • दुई सहायक सिडियोलाई प्रशाशनिक र राहतमा खटाएर   सेना र प्रहरी सङ्ग श्रमदान गर्दै सिडियो
    जिल्लाका प्राय सबै सडक भत्किए पछी प्रमुख जिल्ला अधिकारी आफै दिनहुँ श्रमदानमा खटिएका छन ।

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल आफैं जिल्लाका सडक र पुल मर्मतमा खटिरहेको तस्विर र भिडियो समाजिक सञ्जालमा भाइरल नै हुदै गए पछी सबै क्षेत्रमा उदाहरणिय काम गरेको भन्दै प्रशंसा नै बटुलेको छ ।

    बाढी पहिरोले भत्किएका सडक र पुल निर्माणमा सेना–प्रहरीहरुसँगै आफैं दिनहुँ शारीरिक श्रम गर्न खटिने गरेकाे तस्वीर सार्वजनिक भएपछि ढकालले चौतर्फी प्रशंसा पाएको हो ।

    एकजना सहायक सीडीओलाई प्रशासनिक कामको अधिकार र अर्को सीडीओलाई राहतको काममा खटाएको बताउदै आफु भने हरेक दिन सेना–प्रहरीहरुसँगै काममा खटिने गरेको बताए ।

    सडक अवरुद बन्दा पहिरो प्रभावित वासिन्दालाई राहत पुर्याउनसमेत कठिन भएको छ । त्यसैले छिटो सडक निर्माणलाई प्राथमिकता दिएर आफू पनि दिनहुँ काममा खटिएको उनले सुनाए ।"जिल्लाका प्राय सबै सडक भत्किएका छन् ।‘एकजना सहायक सीडीओलाई प्रशासनिक कामको अधिकार प्रत्योजन गरेको छु, अर्को सीडीओलाई पूरै राहतको काममा खटाएको छु र मचाहिँ अपरेशनमा जान्छु,’ उनले भने ।

    बाटो अवरुद्ध भएकाले सधैं हेलिकोप्टरबाट राहत पुर्याउन सम्भव छैन । त्यसैले बाटो नबनाइ हुँदैन भनेर बेनी–दरबाङ–ताकम जाने करिब ५० किलोमिटर सडक खोलिसक्यौं । अबको मिसन बेनी–जोमसोम सडक र बाग्लुङबाट रत्नेचौर हुँदै बेनी आउने बाटो हो,’ उनले भने ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology