Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ म्याग्दे गापाले सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार सहयोग गर्ने

तनहुँ म्याग्दे गापाले सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार सहयोग गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १०:१९:३८ बजे
  • 2.3K
    SHARES
  • तनहुँ म्याग्दे गापाले सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार सहयोग गर्ने

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

    images

    गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई राहतस्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट बेहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने निर्णय गर्ने म्याग्दे जिल्लाको दोस्रो पालिका हो । यसअघि व्यास नगरपालिकाले मृतक परिवारलाई रु १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए ।

    आगामी वर्षको बजेटको मार्गदर्शन पारित

    म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८७९ का लागि बजेटको मार्गदर्शन पारित गरेको छ । गाउँपालिकाले आगामी वर्ष रु ६५ करोड ६६ लाख ३१ हजारको बजेट ल्याउने भएको छ । त्यसका लागि कार्ययोजना स्वीकृत भएर बजेटको तयारी गर्न कार्यालयलाई निर्देशन दिइएको छ । बजेटको तयारी गर्नका लागि एक दिन बिराएर कार्यालय खोल्ने निर्णयसमेत भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।

    मूल्याङ्कनबाट नतिजा

    कोरोना कहरका कारण यस वर्षको परीक्षा सञ्चालन हुन नसकेपछि गाउँपालिकाले मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न सबै विद्यालयलाई निर्देशन गरेको छ । अधिकारीका अनुसार जेठ मसान्तभित्र विद्यालयको नतिजा प्रकाशन गर्न विद्यालयलाई भनिएको छ ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology