Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा भेटिएको दुई प्रकारको कोरोनाको नामकरण :डेल्टा र अल्फा नाम

नेपालमा भेटिएको दुई प्रकारको कोरोनाको नामकरण :डेल्टा र अल्फा नाम

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १२:४५:०० बजे
  • 760
    SHARES
  • नेपालमा भेटिएको दुई प्रकारको कोरोनाको नामकरण :डेल्टा र अल्फा नाम

    नेपालमा भेटिएको दुई प्रकारको कोरोनाको नामकरण गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा भेटिएका दुई भेरिएन्ट युके र इन्डियालाई बोलीचालिमा सहजताको लागी नामाकरण गरिएको हो ।

    images

    संगठनले नेपालमा फैलिएको कोभिडको नयाँ भेरियन्टलाई डेल्टा र अल्फा नाम दिएको छ ।नेपालमा भेटिएको इन्डियन भेरियन्ट भाइरसलाई डेल्टा र यूके भेरियन्टलाई अल्फा नाम दिइएको हो ।

    यी दुई सँगै ब्राजिल दक्षिण अफ्रिका भारतमा भेटिएको अर्को भेरिएन्ट र पछिल्लो समय भियतनाममा भेटिएको हाईब्रिड भेरिएन्टको पनि नामाकरण गरिएको छ ।ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बेटा भारतमा पछिल्लोपटक भेटिएको भेरियन्टलाई कप्पा नाम दिइएको हो ।

    विश्व स्वास्थ्य संगठनले विभिन्न मुलुकमा भेटिएको कोभिडका भेरियन्टहरुको नाम बोलीचालीका लागि सहज बनाउन ग्रीक शब्दबाट नामांकन गरेको जनाएको छ ।

    पछिल्लो समय भियतनाममा देखिएको हाइब्रिड भेरियन्टबारे भने अनुसन्धान भइरहेको संगठनले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोनाको नामकरण
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology