Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पत्नी शोकमा रहेका पोखराका बरिष्ठ संस्कृतिकर्मी गुरुङको उपचारको क्रममा निधन

पत्नी शोकमा रहेका पोखराका बरिष्ठ संस्कृतिकर्मी गुरुङको उपचारको क्रममा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १२:५७:१७ बजे
  • 3.1K
    SHARES
  • पत्नी शोकमा रहेका पोखराका बरिष्ठ संस्कृतिकर्मी गुरुङको उपचारको क्रममा निधन

    पोखरा । पछिल्लो समयमा कोरोनालाई जितेका पोखराका बरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङको उपचारको क्रममा निधन भएको छ । हिमाली साँंस्कृतिक परिवारका लामो समय देखि अध्यक्ष समेत रहेका गुरुङ तीन साताअघि कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

    images

    कोरोनालाई जितेपनी गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उनको उपचारका क्रममा गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो । पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उनकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो ।

    आफू पनि कोरोना संक्रमित भएका मेनकाजीले त्यसबेला कोरोनालाई परास्त गर्न सफल भएका थिए । स्वर्गीय गुरुङको आजै बौद्ध अर्घौं सदनमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

    उनले पोखरामा स्थापना भएको हिमाली साँस्कृतिक परिवारमा लामो समयसम्म एकल नेतृत्व गर्दै आएका थिए । लामो समयदेखि उनको अगुवाईमा परिवारले कौरा, घाटु, रोधीलगायतका प्रस्तुति देशविदेशमा प्रदर्शन गर्दै आएको थियो । मादी गाउँपालिका वडा न १ सिक्लेस स्थायी घर भइ हाल नयाँ गाउँमा बसोबास गर्दै आइरहेका थिए ।

    स्वर्गीय गुरुङका १ छोरा १ छोरी छन् ।उनी तमु धि नेपालका सह सचिव समेत थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology