Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमण

कोरोना विशेष अस्पतालमा मृत्यु भएकी १७ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि , मृत्यु हुनेको संख्या ४५

कोरोना विशेष अस्पतालमा मृत्यु भएकी १७ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि , मृत्यु हुनेको संख्या ४५

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७७ शुक्रवार • २१:५६:४८ बजे
  • 1.4K
    SHARES
  • कोरोना विशेष अस्पतालमा मृत्यु भएकी १७ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि , मृत्यु हुनेको संख्या ४५
     कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

    मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका डा। निरज सिंहले जानकारी दिए । ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजिटिभ देखिएकी ती युवतीको उपचारको क्रममा निधन भएको थियो ।

    त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।‘पखाला लाग्ने र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो’ डा। निरज सिंहले, ‘उहाँलाई बचाउन सकेनौं, पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आइसकेको छैन ।’

     इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ

    गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology