Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा ४७३ जनामा संक्रमण पुष्टि,१६ जनाको मृत्यु ! ६८८ जना कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा ४७३ जनामा संक्रमण पुष्टि,१६ जनाको मृत्यु ! ६८८ जना कोरोना संक्रमणमुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १९:४३:४२ बजे
  • 1.1K
    SHARES
  • गण्डकी प्रदेशमा ४७३ जनामा संक्रमण पुष्टि,१६ जनाको मृत्यु ! ६८८ जना कोरोना संक्रमणमुक्त

    पोखरा । गण्डकी प्रदेशमा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको नमूना परिक्षणमा ४७३ जनामा कारोना संक्रमण देखिएको हो ।

    images

    सोमबार प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर ८४० पुगेकामा मंगलबार थप ३६७ जना संक्रमित घटेर जम्मा ४७३ मात्र संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा गरिएको नमुना परीक्षण २४२ पुरुष र २३१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनका अनुसार कास्कीमा २०१, म्याग्दी १२, स्याङ्जा ३५, बाग्लुङ ३०, पर्वत ६२, तनहुँ २१, गोरखा ८, लमजुङ ४१ र नवलपुरमा ६३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ हजार ९९७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार ८७९ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology