तनहुँ । मंगलबार साँझ आफैँले चलाएको ट्रयाक्टरले थिचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् ।
व्यास नगरपालिका ५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब ४० मीटर खस्दा त्यसैले थिचेर थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकाल्ने प्रयास भइहेको बताइएको छ ।
चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुग्यो
चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । बाँकी दुई लाख खोप तिब्बतले दिनेछ ।
यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ ।
अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस"अघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।