Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला

पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १९, २०७८ बुधवार • १०:२६:४२ बजे
  • 940
    SHARES
  • पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला

    पर्वत । पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला ५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो ।

    images

    अन्दाजी दुईतीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म-यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology