पोखरा । तनहुँ शुक्लागण्डकी २, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृ'त फेला परेकी छिन । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका ८ घर भई हाल शुक्लागण्डकी २, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृ'त फेला परेकी हुन् ।
हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा श'व फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको श'व देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।
ट्रयाक्टरले थि'चेर एक व्यक्तिको मृ'त्यु
तनहुँ । मंगलबार साँझ आफैँले चलाएको ट्रयाक्टरले थि'चेर एक व्यक्तिको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् ।
व्यास नगरपालिका ५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अ'निय'न्त्रित भई सडकबाट करीब ४० मीटर ख'स्दा त्यसैले थि'चेर थापाको मृ'त्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
श'व परीक्षणका लागि दमौली अस्पतालको श'वगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकाल्ने प्रयास भइहेको बताइएको छ ।