बागलुङ । बागलुङमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । हिजो मगलवार अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिका ५ का १२ वर्षीय सुवास पेमीको ज्यान गएको हो ।
घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएका पेमीको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।
चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप काठमाडौं आइपुग्यो
चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । बाँकी दुई लाख खोप तिब्बतले दिनेछ ।
यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ ।
अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस"अघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।