Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा बसपार्कबाट प्रतिबन्धित औषधी बिक्री गर्ने मेडिकल संचालक सहित २ जना पक्राउ

पोखरा बसपार्कबाट प्रतिबन्धित औषधी बिक्री गर्ने मेडिकल संचालक सहित २ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १९, २०७८ बुधवार • १२:१३:१२ बजे
  • 9.0K
    SHARES
  • पोखरा बसपार्कबाट प्रतिबन्धित औषधी बिक्री गर्ने मेडिकल संचालक सहित २ जना पक्राउ

    चितवन । प्रतिबन्धित औषधी बिक्री गरेको आरोपमा मेडिकल संचालक सहित २ जना पक्राउ परेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका २ पोखरा बसपार्कबाट सोमबार पक्राउ गरेको हो।

    images

    पक्राउ पर्नेमा साविक देवघाट गाविस ९ घर भै हाल भरतपुर महानगरपालिका ९ बस्ने २९ वर्षका अभिषेक थापा र भरतपुर महानगरपालिका २ बस्ने १८ वर्षीय आशिष तिवारी रहेको प्रहरीले जानकारी दिएको छ।

    पक्राउ परेका थापाले भरतपुर महानगरपालिका २ पोखरा बसपार्कमा सत्य भगवती मेडिकल हल संचालन गरेका थिए। उनले सोही मेडिहल हलबाट प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

    पक्राउ परेकाहरुबाट प्रहरीले ट्रामा ६८० ट्याब, अनारगन १०१० ट्याब, टरफिन ८१ ट्याब गरी १,७७१ ट्याब बरामद गरेको छ। उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग शाखा बिरगंजमा बुझाएको प्रहरीले जानकारी दिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology