काठमाडाैं । काठमाडौँको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा दुईजना मजदुरको मृत्यु भएको हो।
चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकाप नजीकै रहेको ढुङ्गाको पर्खाल भत्किँदा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले बताए ।
जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको उन्ले बताए । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन्।
घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए।