Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप, खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइने

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप, खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १९, २०७८ बुधवार • १५:४०:५९ बजे
  • 1.0K
    SHARES
  • काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप, खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइने

    काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गरेको हो ।

    images

    उपत्यकामा बैशाख १६ देखि निषेधाज्ञा जारी छ । गएको जेठ १४ मा निषेधाज्ञालाई थप कडा पार्दै खाद्यान्न बिक्री वितरण गर्ने किराना पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गराइएको थियो । अब भने खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइनेछ । किराना पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।

    फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । विकास निर्माणको काम खुला गरिएको छ। विकास निर्माणका काम मजदूर राखेर दिउँसोमा गर्न पाइनेछ । निर्माण सामग्री ओसारपसारको कामको लागि रातको समय तोकिएको छ । यातायातमा पुरानै नियम कायम रहनेछ ।

    निजी संघ संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology