Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा सात दिन थपियो निषेधाज्ञा, जेठ २७ गते रातिसम्म निषेधाज्ञा जारी

चितवनमा सात दिन थपियो निषेधाज्ञा, जेठ २७ गते रातिसम्म निषेधाज्ञा जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १९, २०७८ बुधवार • १६:२४:०९ बजे
  • 1.2K
    SHARES
  • चितवनमा सात दिन थपियो निषेधाज्ञा, जेठ २७ गते रातिसम्म निषेधाज्ञा जारी

    चितवन । जिल्लामा निषेधाज्ञाको अवधि थप भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन्। गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ २० गते रातिसम्मका लागि जारी गरिएको थियो। थपिएसँगै यही जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी रहनेछ।

    images

    अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, खाद्यान्न, पशुपन्छीजन्य सामग्री, दाना, माछा, मासु, अण्डा, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन भने निषेधाज्ञामा सञ्चालन गर्न पाइनेछ। यस्तै दूरसञ्चार, इन्टरनेट, कूटनीतिक नियनेगका सवारी, सञ्चारकर्मी र पत्रपत्रिका वितरणका लागि प्रयोग गरिने सवारीलाई पनि सञ्चालन गर्न पाइने प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ।

    कामदार कर्मचारीलाई उद्योग परिसरमै खाने, बस्ने व्यवस्था वा घरबाटै लाने लैजाने व्यवस्था गरेमा उद्योग सञ्चालन गर्न पाइने छ। विकास निर्माण र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनलाई पनि सञ्चालन गर्न पाउने छुट दिइएको छ। रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology