Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासङ्घ म्याग्दीले गर्यो आपत्कालीन कोष स्थापना

नेपाल पत्रकार महासङ्घ म्याग्दीले गर्यो आपत्कालीन कोष स्थापना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • १०:५४:२६ बजे
  • 793
    SHARES
  • नेपाल पत्रकार महासङ्घ म्याग्दीले गर्यो आपत्कालीन कोष स्थापना

    तस्विर : नेपाल पत्रकार महासंघ म्याग्दी

    images

    म्याग्दी । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले आपत्कालीन कोष स्थापना गरेको छ ।

    शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनीस्थित महासङ्घको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा सहभागी शाखाका पदाधिकारी, सदस्य र सल्लाहकारहरुबाट कोषमा रु एक लाखभन्दा बढी सहयोग प्राप्त भएको कोषाध्यक्ष अमित विश्वकर्माले जानकारी दिए ।

    पत्रकारका लागि पत्रकारकै सहभागितामा कोष स्थापना गरिएको हो शाखा अध्यक्ष पौडेलले भने, कोषको रकम बढाउँदै लैजाने र ब्याजबाट आवश्यकताका आधारमा कार्यविधिअनुसार पत्रकारहरुलाई सहयोग गर्छौँ । कोष परिचालन र सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्न शाखाका सचिव सन्तोष गौतम, सहसचिव प्रमोद शर्मा र सदस्य सुदर्शनकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । आगामी बैठकमा कार्यविधिको मस्यौदा पेश गरिने सचिव गौतमले बताए ।

    विपद्, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित हुने पत्रकारलाई आकस्मिकरूपमा विशेषगरी स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष पौडेलले बताए । म्याग्दीमा महासङ्घका ६२ सदस्य छन् ।

    शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले नयाँ कार्यसमितिको अल्पकालीन र दीर्घकालीन कार्ययोजनाअनुसार पहिलो चरणमा आपत्कालीन कोष स्थापना भएको बताए । बेनीमा मिडिया सेन्टर सञ्चालनको तयारी गरेको महासङ्घले बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको चार आना जग्गामा भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाएको छ ।

    पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता र सीप विकासका लागि तालिम सञ्चालन गर्ने, हितकोष स्थापना र पत्रकारिता पुरस्कारको अक्षयकोष बनाउने योजना बनाइएको छ ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology