पोखरा । भारतको जम्मु-कश्मिरमा भारतीय जनता पार्टीका एक जना स्थानीय नेताको गो'ली हा'नी ह'त्या गरिएको छ। जम्मु-कश्मिरका प्रहरी प्रमुख विजयकुमारका अनुसार बुधबार राति भाजपा नेता तथा त्राल नगरका पार्षद् राकेश सोमनाथ पंडितामाथि पुलवामामा गो'ली हा'निएको थियो। उनी त्यतिबेला आफ्ना साथीसँग भेटघाट गरिरहेका थिए।
तीन जना अज्ञात ब'न्दु'कधा'रीले हा'नेको गो'ली लागेर घाइते भएका पंडिताको अस्पताल लैजाने क्रममा बाटोमै मृ'त्यु भएको थियो। गो'ली लागेर उनकी साथीकी छोरी पनि घाइते भएकी छन्। गम्भीर अवस्थामा रहेकी उनको अस्पतालमा उपचार जारी छ। यसअघि नै पंडिताले प्रहरीसँग आफूलाई सुरक्षा ख'तरा रहेको बताएका थिए।
प्रहरीले उनको सुरक्षामा दुई जना अंगरक्षक खटाइदिएको थियो। बुधबार राति उनी अंगरक्षक नलिएर साथीलाई भेट्न गएको बताइएको छ। एक वर्षयतामात्रै जम्मु-कश्मिरमा पाँच जना भाजपा नेताको ह'त्या भएको छ। केन्द्र सरकार चलाइरहेको भाजपा नेताहरूको सुरक्षालाई मध्यनजर गरेर उनीहरूलाई श्रीनगरमा सुरक्षित आवासको पनि व्यवस्था गरिएको छ। ह'त्याको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। चरमपन्थीहरूले यो आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ। एजेण्सी