Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • १३:४१:११ बजे
  • 1.2K
    SHARES
  • कटुवा पेस्तोल सहित दुई जना पक्राउ

    धनुषा - धनुषामा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा शहिदनगर नगरपालिका-३ बस्ने २५ वर्षीय उतिमलाल पासवान र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय निपुल यादव रहेका छन् ।

    images

    विदेह नगरपालिका-६ तिनकोरिया चोक नजिक मैनाथपुर सडकबाट १ थान कटुवा पेस्तोलसहित उनीहरुलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज-१० प ८६३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी गिद्दा धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उतिमलालको साथबाट उक्त पेस्तोल फेला पारी मोटरसाइकल चालक निपुल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # पेस्तोल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology