सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आईसोलेसनमा बसेका एक जना कोरोना संक्रमितले आ'त्मह'त्या गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भई सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेसनमा रहेका ५३ वर्षीय रत्नबहादुर तामाङले भवनको तेस्रो तल्लाबाट हाम फालेर आ'त्मह'त्या गरेका हुन्।
कोरोना पुष्टि भएपनि उनको स्वास्थय अवस्था सामान्य रहेको आइसोलेसन व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले बताएका छन् । जुगल गाउँपालिकाले एक विज्ञप्तिमा जारी गर्दै गत जेठ १७ गतेदेखि केन्द्रमा रहेका तामाङले आज राति करिब १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेका र केन्द्रमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उद्दार गरि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताएको छ ।