रुपन्देही । कोभिड-१९ को संक्रमणबाट नेपालमा एक चिकित्सकको निधन भएको छ । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत ३५ वर्षीय डा पशुपति रजौरियाको उपचारका क्रममा बुधवार राती मृत्यु भएको हो ।
काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङले बताए । कपिलबस्तु घर भएका डा रजौरियाको हालचालै विवाह भएको थियो ।
उनीहरुका श्रीमान श्रीमती नै कोभिडसंगै लडिरहेका थिए। श्रीमति डा हसिना वानु संक्रमणमुक्त भएपनि सिकिस्त डा रजौरियाको उपचार गर्दागर्दे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।