Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ

छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७८ बिहिवार • १९:१७:२४ बजे
  • 670
    SHARES
  • छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ

     

    images

    प्रहरीले १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको छ । “प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भन्नुभयो, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई बलात्कार गर्दै आएको देखिन्छ ।

    प्रहरी स्रोतका अनुसार शुरुमा डर, त्रासले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो ।“बुवाले नै बलात्कार गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।

    अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् । घर भित्रै छिरेर महिला माथि बलात्कार गर्ने एक पुरूष पक्राउ गरेका छन् । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धरानबाट एक जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नम्बर ११ चाँदनी चोक बस्ने ३५ वर्षीय बलबहादुर थापा छन्।

    प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। थापाले ती महिलालाई उनकै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प"क्राउ परेका थापालाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology