Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुदूरपश्चिममा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि,३२८ सङ्क्रमित घर फर्किए

सुदूरपश्चिममा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि,३२८ सङ्क्रमित घर फर्किए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • ००:४६:२३ बजे
  • 949
    SHARES
  • सुदूरपश्चिममा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि,३२८ सङ्क्रमित घर फर्किए

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ । सो अबधिमा एक हजार ३२८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ सङ्क्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी चार सङ्क्रमितको मृत्यु भएको छ । यो समेत हालसम्म मृतकका सङख्या ५१६ जना पुगेको छ । प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आज सम्म दुई लाख ३४हजार ६३२जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।

    प्रदेशका विभिन्न १२अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६ बिरामी उपचाररत् छन् । कोरोना भाइरसका सक्रिय सङ्क्रमित पछिल्ला दिनमा घट्दै गएका छन् । एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय सङ्क्रमित रहेकोमा आज यो सङ्ख्या घटेर पाँच हजार २७३पुगेको छ ।

    दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङ्क्रमित थपिएका थिए । साथै सबै भन्दा बढी ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । यसै बीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology