विराटनगर । विराटनगरमा प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठ'क्करबाट एक जनाको मृ'त्यु भएको छ । अर्का एक जना घा'इते भएका छन् ।
कांग्रेस प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३ ०१ ००२ च २१३९ नम्बरको कारले बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा पैदलयात्रीलाई ठ'क्कर दिएको थियो । कारको ठ'क्करबाट पैदलयात्री ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृ'त्यु भएको हो । दु'र्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए । कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मृतक र घाइते विराटनगर ४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्दथे ।
प्रदेशसभा सदस्य कार्कीका छोरा रोबिनसहितका युवाहरुले कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदा सोही गाडी प्रयोग गर्थे । तर बिहीबार रोबिन संक्रमितको शव व्यवस्थापन गर्न गएनन् । रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको शव बोक्ने गाडीमै गएका थिए ।
प्रहरी स्रोतका अनुसार बिहीबार केही साथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रोबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठक्कर दिएको थियो । गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने, हामी घाइतेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।
दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । चालक को थिए भन्नेबारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन । तर प्रत्यक्षदर्शीले भने कार बिन्दियाका छोरा रोबिनले नै चलाएको जिकीर गरेका छन् । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।