Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कोरोना संक्रमणबाट रौतहटमा थप अर्का वडाध्यक्षको पनि निधन

कोरोना संक्रमणबाट रौतहटमा थप अर्का वडाध्यक्षको पनि निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • ११:५७:५६ बजे
  • 1.4K
    SHARES
  • कोरोना संक्रमणबाट रौतहटमा थप अर्का वडाध्यक्षको पनि निधन

     रौतहट । कोरोना संक्रमणबाट रौतहटमा थप अर्का वडाध्यक्षको पनि निधन भएको छ । गरुडा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विसुनदेव सहनीको बिहीबार राती काठमाडौंको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    images

    उनी निमोनियाबाट ग्रसित थिए।निमोनिया र कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष सहनीलाई सिभिल अस्पतालमा भर्ना गरिएको थियोे ।

    ७५ वर्षीय सहनी नगरपालिकाको न्यायिक समितिका सदस्य एवं स्थानीय स्तरमा कांग्रेसका प्रभावशाली नेता मानिन्थे । यसअघि गत ४ जेठमा गरुडा नगरपालिका वडा नम्बर ७ पिपरियाका वडाध्यक्ष राम ईश्वर राय यादवको पनि उपचारकै क्रममा निधन भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology