Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६६५३ जनामा संक्रमण पुष्टि,१०१ जनाको मृत्यु : ६६३ जना निको

६६५३ जनामा संक्रमण पुष्टि,१०१ जनाको मृत्यु : ६६३ जना निको

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • १७:३५:३३ बजे
  • 748
    SHARES
  • ६६५३ जनामा संक्रमण पुष्टि,१०१ जनाको मृत्यु : ६६३ जना निको

    पोखरा । पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

    जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् । निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology