Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धादिङका एक ९९ वर्षीय बृद्धले कोरोना जिते

धादिङका एक ९९ वर्षीय बृद्धले कोरोना जिते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७८ शनिवार • ११:२१:२८ बजे
  • 1.6K
    SHARES
  • धादिङका एक ९९ वर्षीय बृद्धले कोरोना जिते

    धादिङका एक ९९ वर्षीय बृद्धले कोरोना जितेका छन् । धादिङको नेत्रावती डब्जङ गाउँपालिका वडा नम्बर ३ टिकाढुङ गाउँका निवासी ९९ वर्षीय रामसिंह तामाङले कोरोना जितेका हुन् ।

    images

    कोरोना संक्रमण पुष्टि भएको १२औं दिनमा कोरोना जितेर शुक्रबार तामाङ त्रिशूली अस्पतालबाट डिस्चार्ज भएका हुन् । तामाङसंगै उनकी नातिनी लिला पाख्रीनमा समेत कोरोना संक्रमण देखिएको थियो ।

    तिनै संक्रमित नातिनीले बृद्ध तामाङको हेरचाह गर्दै आएकी थिईन् । दोस्रो विश्वयुद्धमा बहादुरीकासाथ युद्ध लडेका तामाङले दरिलो आत्मविश्वासकै कारण कोरोना जित्न सफल भएको स्थानीय वडाध्यक्ष बिजय पाख्रीनको विश्वास छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology