Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वातावरण संरक्षणमा चुनौती बढ्दै

वातावरण संरक्षणमा चुनौती बढ्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७८ शनिवार • १३:०१:०९ बजे
  • 1.7K
    SHARES
  • वातावरण संरक्षणमा  चुनौती बढ्दै

    आज विश्व वातावरण दिवस मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले यो दिवस मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

    images

    सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । तर, दिवस मनाउँदै आए पनि विश्वमै वातावरण संरक्षणमा भने चुनौती बढ्दै गएको छ । नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा चुनौती बढ्दै गएको छ । समयमै सानो मेहनतबाट व्यवस्थापन हुनसक्ने यी समस्यामा ध्यान नदिँदा अवस्था विकराल बन्दै गएको छ । यस्तै, वन विनाश, खेतीयोग्य जमिनसँगै डाँडाकाँडामा जथाभाबी खडेरी र बाटोका लागि डोजर चल्नुले पनि वातावरण संरक्षणमा चुनौती बढेको छ ।

    सरकारले वातावरण संरक्षण ऐन ल्याए पनि यसको प्रभावकारिता कम हुँदा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक भने पूरा हुन सकेको छैन । यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा जलवायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाइ स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सबैले सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा लिएको बताए ।

    मानिसद्वारा प्राकृतिक स्रोतको अधिक दोहनका हुँदा पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको र त्यसलाई पुनःस्थापित गर्न वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन्। प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको <विकास> गर्दा दिगो विकासका अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढ्न आवश्यक रहेको बताइन् ।

  • सम्बन्धित विषय:

  • # वातावरण संरक्षण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology