Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा ८५ सहित गण्डकी प्रदेशभरी ५६६ जनामा कोरोना पुष्टि

कास्कीमा ८५ सहित गण्डकी प्रदेशभरी ५६६ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • १८:३१:४३ बजे
  • 1.1K
    SHARES
  • कास्कीमा ८५  सहित गण्डकी प्रदेशभरी ५६६ जनामा कोरोना पुष्टि

    कास्की । पछिल्लो २४ घण्टामा कास्कीमा ८५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलयका अनुसार कास्की सहित गण्डकी प्रदेशभरी ५६६ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    विज्ञप्ति मार्फत निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ५९० जनाको नमुना परीक्षण गरिएकोमा ५६६ जनामा कोरोना पुष्टि भएको हो ।

    कास्कीका ८५ सहित स्याङ्जाका ३४ जना, गोरखाका ७२ जना, पर्वतका १९ जना, म्याग्दीका ३१ जना, बाग्लुङका ११४ जना, तनहुँका ३० जना, लमजुङका ५० जना र नवलपुरका १२१ जना गरी प्रदेशका ९ जिल्लामा २७४ पुरुष तथा २९२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार ९८७ पुगेको छ। पछिल्लो २४ घण्टामा ५२३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology