Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अनधिकृत रुपमा पिसिआर स्वाब लिने युआरएलको तीन प्रयोगशाला बन्द

अनधिकृत रुपमा पिसिआर स्वाब लिने युआरएलको तीन प्रयोगशाला बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • १८:५८:१८ बजे
  • 2.8K
    SHARES
  • अनधिकृत रुपमा पिसिआर स्वाब लिने युआरएलको तीन प्रयोगशाला बन्द

    तीन प्रयोगशाला बन्द दमौलीमा सञ्चालनमा रहेको तीन प्रयोगशाला प्रशासनले बन्द गराएको छ । दर्ता नभएका र उद्देश्य विपरित सञ्चालन भएका तीन प्रयोगशाला प्रशासनले बन्द गराएको हो ।

    images

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा केही दिन अगाडी गरिएको अनुगमन पश्चात् चार प्रयोगशाला तत्काल बन्द गर्न निर्देशन दिइएको थियो । बन्द भएका प्रयोगशालालाई प्रदेशबाट अनुमति लिएर आउन आग्रह गरिएपछि व्यास डायग्नोष्टिक प्रालिले मात्रै अनुमति ल्याएपछि उक्त ल्याबलाई सञ्चालनको अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।

    युआरएलको दमौली र दुलेगौडा तथा गणेशमानचोकमा सञ्चालित दमौली प्याथ ल्याबलाई भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतिपत्र ल्याएपछि मात्रै सञ्चालन गर्न दिइने बरालले जानकारी दिनुभयो ।

    प्रशासनले अनधिकृत रुपमा पिसिआर स्वाब लिने काम समेत बन्द गर्न निर्देशन दिएको छ । सबैले अनुमति ल्याउने प्रकृयामा रहेको जानकारी गराउनुभएको छ, अनुमतिपत्र ल्याएर प्रशासनलाई बुझाएपछि मात्रै सञ्चालन गर्न दिइनेछ उहाँले भन्नुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology