सिरहाका एक औषधी व्यवसायीलाई अज्ञात समूहले गोली प्रहार गरी फरार भएको छ ।
मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकलका संचालक रामसागर साफिमाथि गएराती ८ बजेको समयमा अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले जानकारी दिए ।
४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । घाइते रामसागर साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली चलाउने व्यक्तिहरुको खोजी <सुरु> गरेको प्रहरीले जनाएको छ ।