मयूरपाटी- म्याग्दीमा दलित भित्रको आन्तरिक समस्या र समाधान दलित शब्द, थरसंशोधन, स्वतन्त्र दलित आन्दोलन विषय अन्तरक्रिया कार्यक्रम संयुक्त दलित राजनीतिक संघर्ष समिति र दलित युवा संजाल म्याग्दीको संयुक्त पहलमा आज सम्पन्न भएको छ । कार्यक्रममा याम किसानको अध्यक्षता रहेको थियो भने किसन विश्वकर्माले संचालन गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि टेकबहादुर विश्वकर्मा, अतिथिमा लालु किसान लगायत विभिन्न दलित समुदायका बुद्धिजिबिहरुको उपस्थिति रहेको थियो । दलित समुदाय भित्र रहेको जातीय खाडललाई समाधान गर्न गम्भीरतापूर्वक छलफल गर्दै दलित शब्द थरसंशोधन, स्वतन्त्र दलित आन्दोलनको बारेमा छलफल भएको कार्यक्रममा सहभागीले जानकारी दिए ।
दलित समुदाय भित्र जातीय समस्या म्याग्दीमा मात्रै होइन देशभरी नै रहेको छ । तर समस्याको समाधानको सुरु राजनितीक, सामाजिक हिसाबले हामिले नै गर्नु पर्दछ । राज्यले जातीय विभेद विरुद्ध कानुन बनाए पनि कानुन व्यावहारिक रुपमा कार्यान्वयन नभएको
अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले भने ।
जात व्यवस्थामा आधारित जातीय समस्या समाधान गर्न तत्काल छुमन्तर तरिकाले समाधान गर्न सहज छैन । तर समाजमा परिवर्तन चाहने युवा वर्गले नेतृत्व गर्दै अगाडि बढेमा जातीय समस्या लगायत समाजमा भएका अन्धविश्वास, कुरितीलाई जरैदेखि हताउन, दलित शब्दको नाममा हुने शोषण दमन छुवाछुत भेटभाबको अन्त्य गर्न, दलित आन्दोलन लाई साझा स्वतन्त्र रुपमा स्थापित गरेर अगाडि बढनु पर्ने कार्यक्रमका प्रमुख अतिथि टेकबहादुर विश्वकर्माले कार्यक्रममा बताए ।
अन्त्यमा अन्तरक्रिया कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिदै अब समाजमा रहेको विभेद विरुद्ध संयुक्त रुपमा आन्दोलन गर्न तयार हुन साथै दलित समुदायको न्यायको लागि आवाज उठाउने सहमति सहित कार्यक्रमका सभापतिद्वारा समापन गरिएको थियो ।