दमौली । मोटर साइकल दुर्घटनामा परी व्यास नगरपालिका वडा नं ३ देउराली नगरका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास ३ देउराली नगर निवासी २८ बर्षिय रमेश श्रेष्ठ रहेका छन् ।
शनिबार राती ९ बजे व्यास ५ बाट ऋषिङ १ झाँपुटार तर्फ जाँदै गर्दा दुर्घटनामा परेर श्रेष्ठको मृत्यु भएको हो ।घाइते अवस्थामा रहेका श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको भएपनि चिकित्सक मृत परीक्षण पछि चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।
सोही दुर्घटनमा परी मोटर साइकल चालक व्यास ३ देउराली नगर निवासी सागर गम्भीर घाइते भएको र थप उपचारका पोखरा स्थित चरक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।