Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राउटे युवतीलाई होटल लगी मदिरा खुवाएर दुर्व्यवहार गर्ने तीन युवा पक्राउ,भिडियो समाजिक सञ्जालमा भाइरल

राउटे युवतीलाई होटल लगी मदिरा खुवाएर दुर्व्यवहार गर्ने तीन युवा पक्राउ,भिडियो समाजिक सञ्जालमा भाइरल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २३, २०७८ आइतवार • १३:०५:११ बजे
  • 3.0K
    SHARES
  • राउटे युवतीलाई होटल लगी मदिरा खुवाएर दुर्व्यवहार गर्ने तीन युवा पक्राउ,भिडियो समाजिक सञ्जालमा भाइरल

    सुर्खेत । सुर्खेतमा लोपोन्मुख राउटे समुदायका युवतीमाथि होटल लगी मदिरा खुवाएर दुर्व्यवहार गर्ने तीन युवालाई पक्राउ गरेको छ ।

    images

    होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएपछ्ही उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको घर्तीले बताए ।

    डीएसपी घर्तीका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्रा बुढा रहेका छन् । पुन होटल सञ्चालक हुन् । उनको होटलमा उनीसहित तीनजना युवाले राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अर्धनग्न भएर भिडिओ बनाएका थिए ।

    भिडिओमा राउटे युवतीहरूले आफूलाई डिस्टर्ब भएकोले बाहिर जान भनेकी छिन् । ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएका छन् । यतिमात्रै होइन एकजना व्यक्तिले जबरजस्ती चुम्बनसमेत गरेको भिडियोमा देखिन्छ ।

    उनीहरूलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।

  • सम्बन्धित विषय:

  • # दुर्व्यवहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology