Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विप्लव समूह फेरि द्वन्द्वको बाटोमा जाँदैन भन्ने विश्वास छ : प्रधानसेनापति थापा

विप्लव समूह फेरि द्वन्द्वको बाटोमा जाँदैन भन्ने विश्वास छ : प्रधानसेनापति थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७८ आइतवार • १७:४१:५६ बजे
  • 598
    SHARES
  • विप्लव समूह फेरि द्वन्द्वको बाटोमा जाँदैन भन्ने विश्वास छ : प्रधानसेनापति थापा

    प्रधानसेनापति पूर्णचन्द्र थापाले नेकपा विप्लव समूह फेरि द्वन्द्वको बाटोतिर नजाने विश्वास रहेको बताएका छन् । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

    images

    सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने पनि उनले विश्वास व्यक्त गरे । ‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक धारमा आउने सम्भावना देखाएको छ,’ थापाले भने, ‘विश्वास गरौं, यसले मूर्तरुप लिनेछ र नेपाली समाजलाई भविष्यमा द्वन्द्वको श्रृंखलामा अगाडि लैजानका लागि अगाडि बढ्ने छैन ।

    थापाले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता पनि द्वन्द्व नभएको बताएका छन् । ‘त्यसकारणले कुनै पक्ष समाजमा गएर द्वन्द्व सिर्जना गर्छ, विखण्डन सिर्जना गर्छ भने त्यसलाई सेना, सम्पूर्ण सुरक्षा निकाय र राष्ट्रले पराजित गर्नेछ,’ उनले थपे, ‘राष्ट्रका सबै निकाय ‘होल अफ द नेसन’ अप्रोचमा गए ती प्रवृत्तिलाई स्वतः सामना गर्न सकिन्छ ।

    यस्तै पूर्खाले नेपाल जोगाएको इतिहासलाई स्मरण गराउँदै भविष्यमा पनि सेनाले सबै निकायको साथ लिएर राष्ट्रको रक्षा गर्ने समेत बताए ।

  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology