Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा परिसरबाट स्कुटर चोरी गर्ने सुनार पक्राउ

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा परिसरबाट स्कुटर चोरी गर्ने सुनार पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २३, २०७८ आइतवार • १७:४२:०२ बजे
  • 4.0K
    SHARES
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा परिसरबाट स्कुटर चोरी गर्ने सुनार पक्राउ

    पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरबाट स्कुटर चोरी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा पर्वत कुश्मा नपा १४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ आलुमाईला चोक बस्ने बर्ष २४ को चन्द्र बहादुर सुनार रहेका छन्। उनलाई वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले पक्राउ गरेको हो।

    अभियुक्त सुनारले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरी राखेको स्कुटर गएको जेठ ८ गते बेलुकाको समयमा चोरी गरेको वडा प्रहरी कार्यालय रामबजार पोखराले जनाएको छ।

    यदपी प्रहरीले चोरी भएको स्कुटरको फोटो सार्वजनिक गरे पनि नम्बर भने खुलाएको छैन। अभियुक्त सुनारबिरुद्ध म्याद थप गरी आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

  • सम्बन्धित विषय:

  • # स्कुटर चोरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology