Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मध्यरातमा लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

मध्यरातमा लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २३, २०७८ आइतवार • १७:५८:४२ बजे
  • 2.0K
    SHARES
  • मध्यरातमा लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

    लमजुङ् । मध्यरातमा लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । राइनास नगरपालिका स्थित मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा राइनास नगरपालिका– ४ सातबिसेका अन्दाजी ६० वर्षीय रामबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय लमजुङले दिएको जानकारी अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने राइनास नगरपालिका– ८ भैंसीखोलामा सिम्घारीबाट तीनपिप्लेतर्फ जाँदै गरेको ग १ त ५६४९ नम्बरको ट्याक्टर बिहीबार राति पौने २ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हो ।

    उक्त ट्याक्टर सडकको दायाँतर्फ पल्टिँदा रामबहादुर कुमालको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उक्त ट्याक्टर मृतकका छोरा अन्दाजी ३० वर्षीय एकबहादुर कुमालले चलाएका थिए । एकबहादुर सामान्य घाइते भएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology