Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा १२ जना सहित गण्डकी प्रदेशभरी १४ जना कोरोना संक्रमितले ज्यान गुमाए

पोखरामा १२ जना सहित गण्डकी प्रदेशभरी १४ जना कोरोना संक्रमितले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २३, २०७८ आइतवार • १९:०६:०६ बजे
  • 1.5K
    SHARES
  • पोखरामा १२ जना सहित गण्डकी प्रदेशभरी १४ जना कोरोना संक्रमितले ज्यान गुमाए

    पोखरा । पछिल्लो २४ घण्टामा पोखरामा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । यसै गरी चितवन मेडिकल कलेजमा नवलपरासी पुर्वका दुई जनाले गरी गण्डकी प्रदेश भरी १४ जनाले ज्यान गुमाएका हुन ।

    images

    स्वास्थ्य निर्देशानलयले जारी गरेको अध्यावधि अनुसार पोखराका विभिन्न अस्पतालमा कास्कीका ७ जना,तनहुँ २ जना ,स्याङजा २ र पर्वतमा १ जना रहेका छन भने २ जना नवलपरासी पुर्वका रहेका छन ।

    पोखरा १५ की ६२ वर्षीय महिला, पोखरा १८ की ६३ वर्षीय महिला, पोखरा २९ की ५९ वर्षीय महिला, पोखरा १३ का ४९ वर्षीय पुरुष, पोखरा २४ का २२ वर्षीय पुरुष, पोखरा १७ की २५ वर्षीय महिला र कास्कीको माछापुच्छ्रे ४ की ७२ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यसैगरी पर्वतको मोदी ८ की २२ वर्षीय महिला, स्याङजाको भिरकोट ४ की ७७ वर्षीय महिला, वालिङ ६का ४८ वर्षीय पुरुष, तनहुँ म्यादे ४ का ७५ वर्षीय पुरुष, शुक्लागण्डकी १० का ८२ वर्षीय पुरुषको पनि पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

    नवलपरासीको कावासोती ४ का ८१ वर्षीय पुरुष र देवचुली २ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६२ पुगेको छ ।

    194205069_321057886068662_7921951221923322655_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology