Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकी प्रदेशमा आइतबार थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति हेर्नुस..

गण्डकी प्रदेशमा आइतबार थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति हेर्नुस..

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २३, २०७८ आइतवार • १९:१९:३१ बजे
  • 490
    SHARES
  • गण्डकी प्रदेशमा आइतबार थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति हेर्नुस..

    पोखरा । पछिल्लो २४ घण्टमा गण्डकी प्रदेशमा आइतबार थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८६ जनाको नमुना परिक्षण गरिएकामा ५१३ जनामा संक्रमण देखिएको हो ।

    images

    संक्रमित मध्ये २४५ महिला र २६८ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १६३, गोरखामा ११३, नवलपरासी ५५, स्याङजा ५७,बागलुङ ४९, तनहुँ ४४, लमजुङ २२, पर्वत ५ र म्याग्दीमा समेत ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ५०० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३६ हजार ५१७ पुगेको छ ।

    194076198_321057862735331_2722915820665269543_n.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology