Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विवाहको भिड रोक्न पुगेका प्रहरीमाथी ढुंगामुढा बासको लौरोले प्रहार,डिएसपी सहित सात प्रहरी घाइते

विवाहको भिड रोक्न पुगेका प्रहरीमाथी ढुंगामुढा बासको लौरोले प्रहार,डिएसपी सहित सात प्रहरी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २४, २०७८ सोमवार • १०:२९:०१ बजे
  • 1.4K
    SHARES
  • विवाहको भिड रोक्न पुगेका प्रहरीमाथी ढुंगामुढा बासको लौरोले प्रहार,डिएसपी सहित सात प्रहरी घाइते

    रौतहट । आइतवार राती रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुदाँ सात प्रहरी घाइते भएका छन ।

    images

    निषेधाज्ञामा भएको विवाहमा डिजे बजाएर भिडभाड सहितको बिहे भएपछी सम्झाउन पुगेका प्रहरीमाथी स्थानीयहरुले अवरोध गरेका थिए ।प्रहरी टोलीलाई स्थानीयले बेलुकी ९ बजे ढुंगामुढा, बासको लौरोले प्रहार गरेका थिए ।

    पहिले दुई जना सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भीडभाड नगर्न सम्झाउन पठाएका थियौँ डीएसपी द्वारिका घिमिरेले भने, स्थानीयले उनीहरूलाई घेराबन्दी गरेपछि थप प्रहरी जाँदा आक्रमण भयो । उक्त टोलको तीन घरमा ठूलो आवाजमा डिजे बजाएको थाहा पाएर बन्द गर्न आग्रह गर्दा एक्कासी ढुंगा प्रहार गरेको प्रहरीको भनाइ छ ।

    झडपमा डीएसपी घिमिरेको टाउको र ढाडमा समान्य चोट लागेको छ । त्यस्तै अन्य ६ प्रहरी घाइते भएका छन् । प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई पक्राउ गरेको छ ।

  • सम्बन्धित विषय:

  • # दोहोरो झडप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology