Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

३२ वर्षीया महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालियो

३२ वर्षीया महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०७८ सोमवार • १०:४४:४५ बजे
  • 1.4K
    SHARES
  • ३२ वर्षीया महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालियो

    भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल राेगहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ ।

    images

    अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् । उनलाई एक वर्षअघिदेखि नै पेटमा समस्या देखिएको थियो । तर लकडाउनका कारण उनको अस्पतालसँंग सम्पर्क टुटेको थियो । साथै आर्थिक अवस्था कमजोर भएका कारण उनी घरमै रोग पालेर बसिरहेकी थिइन् ।

    समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ३५ किलोको भएको जनाइएको छ । अस्पतालका अनुसार दुईतीन महिनाअघि पनि पेट दुखेर कुसुम अस्पताल आएकी थिइन । तर उनी डाक्टरले बोलाएको समयमा फलोअपमा अस्पताल पुगिनन् । शल्यक्रियामा संलग्न डा. सृष्टि प्रजापतिले यस्तो किसिमको समस्या बिरलै हुने गरेको बताइन् । ‘अस्पताल आइपुग्दा बिरामीलाई निकै गाह्रो भइसकेको थियो । हिँड्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सास फेर्न गाह्रो भइरहेको थियो ।

    हामीले तुरुन्तै भर्ना गरेर शल्यक्रिया गर्यौं,’ डा. प्रजापतिले भनिन्, ‘अहिले उनको अवस्था ठीक छ ।’ समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # ट्युमर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology